भावनाको गजल
वि.सं.२०७९ साउन २८ शनिवार ०९:०९
2.6K
shares

म यो देशलाई सिरानी बनाऊँ
सधैं रम्न सक्ने बिहानी बनाऊँ ।।
छ कोही घमण्डी भने देखि पैले
सदाचार बाँडी म पानी बनाऊँ ।।
सुसंस्कार बाँड्दै मिलाऊँ समाज
सधैं जिन्दगानी म दानी बनाऊँ ।।
म साहित्य रच्दै खुसीमा निदाऊँ
रमी बाँच्न सक्ने जवानी बनाऊँ ।।
म बाचूँ सबैको सदा सम्झनामा
युगौँ टिक्न सक्ने भवानी बनाऊँ ।।
–तुलसीपुर, दाङ
वि.सं.२०७९ साउन २८ शनिवार ०९:०९

















