skip this

पर्सामा नेपाल दलित मुक्ति संगठन गठन

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पर्सा : नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठन पर्साको जिल्ला भेला सम्पन्न भएको छ । शुक्रबार वीरगंजमा भएको भेलाले सुशील हजराको अध्यक्षतामा १५१ सदस्यीय समिति गठन गरेको जनाइएको छ ।

नवगठित दलित मुक्ति संगठन पर्साको उपाध्यक्षमा अमरदेव पासवान, जयमती राम, सचिव साधु राम, सह सचिव सुरेश महतो तत्वा, मुकेश महरा, सदस्यहरू अशोक महतो, बिन्दा पासवान, भुलन हाजरा, भुलन राम, शोभा देवी राम, धनजय राम, कन्हैया राम, रामबाबु राम, बिपनी महरालगायतका छन् । भेलामा नेपाल दलित मुक्ति संगठन पर्साका इन्चार्ज बृजलाल पासवानले सो समित घोषणा गरेका हुन् ।

प्रभु पासवानको अध्यक्षता र एकीकृत समाजवादीका केन्द्रीय सचिव नागेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलामा पोलिटब्युरो सदस्य रामचन्द्र साह, नेपाल दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद पासवान,नेकपा एस पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, प्रदेश सदस्य किशोरी कुशवाहा, जिल्ला सचिव बिक्रम चौरसिया, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, जिल्ला सदस्य एवम् पकहा मैनपुर गाउँपालिका अध्यक्ष मदन हजरा पासवान लगायतकाले शुभकामना दिएका थिए ।

nijgadh-supermart-adz1200-630