skip this

सर्लाहीमा नक्कली नोटको नमुना कागजसहित एक जना पक्राउ

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सर्लाही-  सशस्त्र प्रहरी बल सर्लाहीले जिल्लाको सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा नक्कली नोटको नमुना कागज बरामद गरेको छ ।

शुक्रबार नेपाल–भारत सीमावर्ती क्षेत्र सिमरा भगवतीपुरबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा नक्कली नोट बनाउने नमुना कागज बरामद् गरेको हो । गोडैता नगरपालिका–३, सिमरा भगवतीपुर बजारमा खटिएको सशस्त्र प्रहरीको टोलीले नक्कली नोट तयार गर्ने कागजको बण्डल बरामद गरेको सशस्त्र प्रहरी १० गणका गणपति एसपी भरत खनियाले बताए ।

सीमा सुरक्षा बेस (बिओपी) बहादुरपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक विद्याभुषण झाको नेतृत्वमा खटिएको टोलीले नक्कली नोट बनाउने कागजसहित एक जनालाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा नुवाकोट साविक ककनी गाविस वडा नम्बर–५, निवासी ३२ बर्षका हिरामान लामा रहेको प्रहरीले जनाएको छ । लामाले ठेगाना भने काठमाडाै‌ महानगरपालिका–२६ बताएका छन् ।

लामा सवार रातो रंगको स्कार्पियोकाे डिक्की खोलेर श‌ङ्कास्पद कार्टुन झिकेर चेक गर्न लाग्दा फरार भएको प्रहरीले जनाएको छ । उनीहरू स्कार्पियोमा बसेर सिमरा भगवतीपुर गाउँबाट सीमाक्षेत्रको बजारतर्फ जाँदै गर्दा पक्राउ परेका हुन् । स्कारपियो र चालकको समेत खोजी भइरहेको सशस्त्र प्रहरी १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खनियाले जानकारी दिए ।

प्रहरीका अनुसार गाडीको डिक्कीबाट बरामद शङ्कास्पद कार्टुनमा प्याक गरेको अवस्थामा सय दरका नक्कली नोटको नमुना कागज ६९ गढ्ढी र नगद ४० हजार बरामद भएको हो । पक्राउ परेका लामाको साथबाट प्रहरीले १७ हजार नगद, माच्छापुच्छ्रे बैँकको ३० लाख ६० हजारको चेक एक थान, ग्लोबल आईएमई बैँकको चेक एक थान, पासपोर्ट एक थान, बिलबुक एक थान, मोबाइल एक थान, दुई थान एटिएम कार्ड र नागरिकता समेत बरामद् गरेकाे छ ।

nijgadh-supermart-adz1200-630