skip this

बारामा छायाँकन गरिएको म त तिम्रै हुँ गीत आज रिलिज गरिदै, सिमरा पुगे गायक निशान भट्टराई

5.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–गायक निशान भट्टराईको म त तिम्रै हुँ गीतको म्युजिक भिडियो शुक्रबार रिलिज गरिदैछ ।

गायक तथा संगितकार विकाश पाण्डेको शब्द, संगितमा निर्माण भएको म्युजिक भिडियो निशान भट्टराईको अफिसियल च्यानलमार्फत रिजिल गर्न लागिएको हो ।

गितको बिमोचन गर्न निर्माण पक्षले सिमरामा पत्रकार सम्मेलनको आयोजना गर्दैछ । पत्रकार सम्मेलनमार्फत भिडियो रिजिल गरिने भएको छ ।

बि.एस. मेकर स्टुडियो सिमराले निर्माण गरेको गितमा गायक निशान भट्टराई र गायिका किसु थापाले स्वर दिएका छन् ।

गितको एरेन्ज अभि अमृत लुवागुन, एडिसनल एरेन्ज एन.एस आर्या, मिक्स÷मास्टर मृत्युञ्जोय दासले गरेका हुन् । अफिया म्युजिक रेकर्डिङ स्टुडियो हेटौडामा रकेर्ड भएको हो ।

म्युजिक भिडियोमा युवराज केशरी र रितु चौधरीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन, छायांकन र सम्पादन विकास गुरुङले गरेका हुन् ।

यसैगरी सहायक निर्देशकमा राजिव चौधरी, सहायक छायांकन श्यामुल फेथ, परिकल्पनाकारमा विकास पाण्डे, निर्मातामा प्रदिप गौतम, प्रोडक्सन म्यानेजरमा विजय ठाकुर, मेकअपमा सम्झना महतो रहेका छन् ।

भिडियो निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुर र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरा पार्कमा छायाँकन गरिएको निर्माता प्रदिप गौतमले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630