अर्थमन्त्री शर्माकाे लाेकप्रिय निर्णय : जनयुद्धका सहिद र बेपत्ता परिवारले मासिक तीन हजार पाउने
वि.सं.२०७९ भदौ २८ मंगलवार १८:४६

काठमाडौं- तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेकाे १० वर्षे जनयुद्धका सहिद तथा बेपत्ता परिवारले अब मासिक भत्ता पाउने भएका छन् ।
नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका अर्थमन्त्री जनार्दन शर्माले जनयुद्धका शहिद तथा बेपत्ता परिवारले अब मासिक भत्ता उपलब्ध गराउने मन्त्रीस्तरिय निर्णय गरेका हुन् ।
अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई ‘राजनीतिक आन्दोलनमा बलिदान गर्ने परिवारका लागि जीवनवृत्ति वापत मासिक रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधिमा सहमति प्रदान गरेको छ ।
मस्यौदामा उल्लेखित ‘आन्दोलन’ को परिभाषामा ‘सम्भव २०५२ सालबाट सुरु भएको सशस्त्र द्वन्द्व र मधेस आन्दोलनलाई सम्झनुपर्छ भनि मिलाउने’ र ‘बलिदानको परिषाभामा ‘…सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका घटनामा परी वीरगति प्राप्त गरेका भनि नेपाल सरकारबाट एकीन भइ अभिलेख भएको सम्झनुपर्छ भनि मिलाउने गरी र सो क्रममा बेपत्ता पारिएका व्यक्तिहरुको परिवारलाई समेत समेट्नेगरी सहमति’ प्रदान गरिएको हो ।

वि.सं.२०७९ भदौ २८ मंगलवार १८:४६

















