skip this

लोकतान्त्रिक आदिवासी जनजाति महासघं नेपाल निजगढको अध्यक्षमा बुद्धि राना चयन

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेकपा (एमाले) को भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासघं नेपाल निजगढको अध्यक्षमा बुद्धि राना मगर चयन भएका छन् ।
कमिटीको प्रथम अधिवेशनले बुद्धि राना मगरको अध्यक्षतामा ३५ सदस्य निजगढ नगर कमिटी गठन भएको हो । कमिटीको पहिलो बैठकले ४ जना मनोनिति गर्नेछ ।

त्यसैगरि कमिटीको उपाध्यक्षमा मिम लामा, सचिवमा राजन श्रेष्ठ, कोषाध्यक्ष राजु घलान चयन भएका छन् ।

यसअघि अधिवेशनको नेकपा (एमाले) का पोलिट ब्युरो सदस्य एवम् गोकुल घर्ती मगरले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा पार्टीका प्रदेश कमिटी दुर्गा कोईराला, सुदर्शन प्रसाद कोईराला, जिल्ला सदस्य लिलादेवी लामिछाने खनाल, निजगढ पार्टी कमिटी अध्यक्ष एवं नगरपालिकाका मेयर सुरथ पुरी, उपमेयर सोममाया थिङ्ग, रिटर्नी फेडेरेशनका केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरे, लोकतान्त्रिक आदिवासी जनजाति महासघं नेपालका प्रदेश सदस्य रामकुमार सिँजाली, धनलक्ष्मी लामा, राष्ट्रिय युवा संघका बारा जिल्ला इन्चार्ज तिलक घलान लगायतको विशेष उपस्थिति रहेको थियो ।

लोकतान्त्रिक आदिवासी जनजाति महासघं नेपालका जिल्ला अध्यक्ष दिलबहादुर लामाको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन बुद्धि थापा मगरले गरेको थिए ।

nijgadh-supermart-adz1200-630