यमबुद्ध फाउन्डेसनले बालेन्द्र शाह ‘यमबुद्ध शान्ति दौड’ गर्दै, मेयर बालेन्द्र पुग्दै
वि.सं.२०७९ असोज १ शनिवार ०९:२४
1.19K
shares

काठमाडौं। यमबुद्ध फाउन्डेसनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको प्रमुख आतिथ्यमा काठमाडौंको नयाँ बानेश्वरबाट ‘यमबुद्ध शान्ति दौड’ गर्न लागेको छ ।नयाँ बानेश्वरमा युवा विद्यार्थी एवं संगीतप्रेमीहरुको भला गराइएको छ।
नयाँ बानेश्वरबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, माइतीघर, बबरमहल हुँदै शान्ति दौड पुनः नयाँ बानेश्वरमै आएर समारोहमा परिणत हुने फाउन्डेसनले जनाएको छ।शान्ति दौडमा मेयर बालेन्द्रसहित खेलकूद तथा सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने फाउन्डेसनले जनाएको छ।सहभागीहरुले स्व.र्यापर यमबुद्ध (अनिल अधिकारी)को तस्बिर अंकित टि–शर्ट लगाएका छन्। मेयर शाह लगायतका अतिथिहरुको उपस्थिति हुन बाँकी छ।
वि.सं.२०७९ असोज १ शनिवार ०९:२४

















