गठबन्धन सरकारले देशलाई अप्ठ्यारो स्थितिबाट आरोलो गतिमा लग्यो –ओली
वि.सं.२०७९ असोज १ शनिवार ०९:४२
744
shares

काठमाडौं। गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् ।आज काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले देश अप्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताए । अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसाबले सशक्त ढंगले अघि बढ्ने बताएका छन् ।
वि.सं.२०७९ असोज १ शनिवार ०९:४२

















