नेपाल दलित मुक्ति मोर्चा काठमाडौं महानगरको अध्यक्षमा बुद्धिलाल चयन
वि.सं.२०७९ असोज २ आइतवार १६:३६

काठमाडौं–नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा काठमाडौ महानगरको अध्यक्षमा बुद्धिलाल वि.क.चयन भएका छन् । मोर्चाको भेलाले उपाध्यमा शिवराम अक्षामी चयन भएका छन् । त्यसैगरि सचिवमा मनिषा रिसाल चयन भएकी छिन् ।
त्यसैगरि सहसचिवमा अनु परियार चयन भएकि छिन् भने कोषाध्यक्ष याेगेन्द्र ल्वगुन चयन भएका छन् ।
त्यस्तैगरि सदस्यमा शुभद्रा मग्राति, पार्वती बयलकाेटि, शोभा मग्राति, सुवास बलामी, अनिल परियार, ज्योति शाक्य अक्षामी, सविना रम्तेल, बिनिता सुनार चयन भएका छन् ।
त्यसैगरि सदस्यमा कान्छीमाया रोक्का, बिना पुर्कृटि, ध्रुव लम्साल, मनसा सिंह परियार, चतुर बहादुर बिश्वकर्मा, भगत दर्जी चयन भएका छन् ।

यसअघि भेलाको पार्टीका पोलिटब्युरो सदस्य एवम् काठमाडौं जिल्ला ईन्चाज कुमार प्रसाद पौडेलले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य तथा मोर्चाका कार्यलय सदस्य शंकर दुलालको विशिष्ट आतिथ्यतामा रहेको थियो । त्यस्तै पार्टीका प्रदेश सदस्य तथा मोर्चाका प्रदेश सहईन्चाज अमर बि.क, जिल्ला संयोजक गोपि सुर्खेती, माेर्चाका कार्यालय सदस्य केशव लोहार,माेर्चाका केन्द्रीय सदस्य फत्तेमान परियार लगायतको उपस्थिति रहेको थियो ।
मोर्चाका काठमाडौ महानगर अध्यक्ष बुद्धि लाल बि.क. को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब मनिषा रिसालले गरेकी थिईन् । त्यस्तै समापन समाराेहकाे सभाध्यक्ष माेर्चाका महानगर ईन्चार्ज कुमार जंग अछामीले गरेका थिए ।
वि.सं.२०७९ असोज २ आइतवार १६:३६
















