निजगढ विमानस्थल : विज्ञ समुहको प्रतिवेदनले उत्साहित बनाएको छ : अभियन्ता दंगाल (भिडियो)
वि.सं.२०७९ असोज २ आइतवार २०:३३

काठमाण्डौं– बाराको निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बाटो खोल्ने गरि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले आईतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।
निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक भएपछि सरोकारवाला उत्साहित देखिएका छन् ।
बारामा विमानस्थल र द्रुत मार्ग निर्माणका लागि दबाब मुलक आन्दोलन र सरकार राख्दै आएका नेकपा (माओवादी केन्द्र) का नेता रविराज दंगालले काठमाण्डौंस्थित फरक नेपाल डट कमको कार्यालयमा आएर उत्साह व्यक्त गरेका छन् ।
प्रतिवेदनले सरकारलाई काम अघि बढाउन बाटो खोलेकाले विमानस्थल बन्नेमा थप आशावादी बनाएको बताएका छन् । उनले सरकारसंग त्यहाँका जनताको व्यवस्थापन गरेर निर्माण कार्य अघि बढाउन माग गरेका छन् ।
हेर्नुस् भिडियो
वि.सं.२०७९ असोज २ आइतवार २०:३३
















