skip this farak Kura Pravakar

जबरा समकालीन नेपाली विकृत सार्वजनिक जीवनका बिम्ब हुन –मिनेन्द्र रिजाल

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अन्याय र प्रताडनामा परेका पात्रभन्दा समकालीन नेपाली विकृत सार्वजनिक जीवनका बिम्ब भएको नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले बताएका छन् ।

सरकारले जबरालाई नजरबन्दमा राखेपछि कांग्रेस नेता रिजालको यस्तो भनाइ आएको हो। आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै  उनले यस काममा सतहमा देखिएभन्दा अध्याधिक कठिनाइ विद्यमान रहेको र सामना गर्न तयार हुनुपर्ने बताएका छन्।

संसदको कार्यकाल सकिएपछि महाभियोग निश्कृय भएको भन्दै जबरा गत आइतबार सर्वोच्च जाने तयारीमा थिए तर सरकारले उनकै निवासमा बन्धक बनाएर राखेको थियो।

nijgadh-supermart-adz1200-630