नेकपा(माओवादी केन्द्र) को सिंगाैलमा विजयादशमी शुभकामना आदानप्रदान
वि.सं.२०७८ असोज २५ सोमवार २१:०४

निजगढ (बारा): नेकपा (माओवादी केन्द्र) निजगढ वडा नं ३ को आयोजनामा आज सिंगौलमा विजयादशमिको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरिएको छ।
वडा नं ३ का पार्टी अध्यक्ष ओमसाङ्ग लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य क.रविराज दंगालको प्रमुख आतिथ्यता रहेको थियो।
विविध सांस्कृतिक र नाचगान समेत आयोजना भएको थियो भने कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी सदस्यहरु बेनि बहादुर मुक्तान, संन्तोष दंगाल, संन्जिव लामा, कुमार लामा मोक्तान र निजगढ नगर सचिव मोहन बहादुर खडका(दिपक), वाईसियल केन्द्रीय लेखा समिती सदस्य डा. सुशील साह, अनेमा संघ(क्रान्तिकारी) नगर अध्यक्ष धनमाया लामा, नगर सचिवालय सदस्य धन बहादुर खुलाल, वाईसियल नगर अध्यक्ष भिम बहादुर तामाङ्ग, अखिल(क्रान्तिकारी) नगर अध्यक्ष सुमन खुलाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा जनसांस्कृतिक महासंघ केन्द्रीय सदस्य एवं बकैया गाउँपालिका वडा नं १ अध्यक्ष प्रतीक भोलनले विविध गित प्रस्तुत गर्दै जनतामा माओवादी जागरण र भुमिकाको सन्दर्भमा प्रष्ट पार्नु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथी रविराज दंगालले शुभकामना सहित हाल स्थानिय तहमा भैरहेको गलत गतिविधी र राष्ट्रिय राजनितिको सन्दर्भमा माओवादीको भुमिकाको बारेमा जनताहरुलाई सचेत ढंगले अगाडी बढन आग्रह गर्नु भएको थियो। साथै चाडबाडलाई बोझको रुपमा नभैइ आफ्नो पारिवारिक हैसियत अनुसार मनाउन र सबैमा आत्मियता कायम गर्न अनुरोध गर्नु भएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य बेनि बहादुर मुक्तान, नगर सचिव मोहन बहादुर खडका, डा. सुशील साह र धनमाया लामाले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन वडा नं ३ सचिव बुद्ध लामाले गर्नु भएको थियो।
संकलन : अंकित गौतम
वि.सं.२०७८ असोज २५ सोमवार २१:०४
















