skip this farak Kura Pravakar

आज पनि मान्यजनबाट टीका लगाइँदै

672 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ ।
    नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।
     विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज दोस्रो दिन पनि टीका लगाइँदैछ ।
     आज एकादशी पनि हाे । केहिले भने एकादशी भएका कारण टीका लगाउँदैनन् ।
    बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ ।
   खोप लगाउनेको संख्या बढ्दै गएको तथा संक्रमण पनि घट्दै गएपछि सरकारले यसपटक दशैँलगायतका चाडबाडमा विगतमा जस्तो कडिकडाउ गरेको छैन ।

nijgadh-supermart-adz1200-630