रातमाटेमा बसले माेटरसाइकलाई ठक्कर दिदा हेटौंडाका दुई युवकको मृत्यु
वि.सं.२०७८ असोज ३० शनिवार ०८:२२
1.66K
shares

काठमाडौं : मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठोक्काउँदा दुईजनाको मृत्यु भएको छ । शुक्रबार राति सवा ९ बजेतिर नारायणगढबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठोक्काउँदा दुईजनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार हेटौंडा–१५ का १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ का २२ वर्षीय सुशान्त दियाली प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवै जनालाई हेटौंडा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।
ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा छन् ।
वि.सं.२०७८ असोज ३० शनिवार ०८:२२
















