बाराकी विभा कार्की नेकपा (एस) को समानुपातिक बन्दसूचीमा
वि.सं.२०७९ असोज २३ आइतवार ०९:४५
3.01K
shares

बारा- नेकपा (एकिकृत समाजवादी) पार्टीको प्रतिनिधि सभाको समानुपाति उम्मेदवारमा बाराकी विभा कार्कीको नाम समावेश भएको छ । उनको खस आर्य (महिला) तर्फ नाम समावेश भएको हो ।
पार्टीले निर्वाचन आयोगमा बुझाएको एक सय १० जनाको बन्द सूचीमा कार्कीको नाम ३८ औं नम्बरमा महिलातर्फ छैठौं नम्बरमा नाम छ ।
यस अघि उनी नेकपा (एमाले) बाट समानुपाति निर्वाचन प्रणालीबाट संविधान सभा सदस्य भएकी थिईन् । पार्टी विभाजन भएपछि उनी नेकपा (एस) मा सक्रिय छिन् । उनी पार्टी पोलिटब्यूरो सदस्य छिन् ।
वि.सं.२०७९ असोज २३ आइतवार ०९:४५

















