सर्लाहीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वि.सं.२०७९ असोज २५ मंगलवार १०:२५
1.02K
shares

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश २–०३–००१ च १९२४ नम्बरको जिपले हिजो साँझ सवा ६ बजे ज ५ प ७६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुबै सवारी साधन र जिप चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।
वि.सं.२०७९ असोज २५ मंगलवार १०:२५

















