skip this yams_Max_Hospital.jpeg

लायन्स क्लबद्वारा निजगढको खयरघारीमा विपन्न समुदायमा न्यानो कपडा वितरण

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-निजगढ नगरपालिकामा क्रियाशील तीन वटा लायन्स क्लबहरुको सहयोगमा निजगढ नगरपालिका वडा नम्बर ८ स्थित खयरघारीका विपन्न समुदायका ५० जनालाई न्यानो कपडा ब्ल्याङ्गकेट वितरण गरिएको छ ।

स्थानीय समुदायबाट छनौट भइआएका विपन्न घर परिवारका ५० जनालाई क्लबले उपलब्ध गराएको १/१ थान न्यानो ब्ल्याङ्गकेट निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र निजगढ ८ का वडा अध्यक्ष सुवर्ण लामाले वितरण गरेका हुन् ।

कार्यक्रममा लायन्स क्लब ३२५ ‘एच’ डिस्टिकका जोन चियर पर्शन मनोज रेग्मी, क्लस्टर चिफ होमप्रसाद न्यौपाने (महेश), लायन्स क्लब अफ निजगढ सिटीका एलिस खड्का, लायन्स क्लब अफ निजगढका अरुण सर्राफ, लायन्स क्लब अफ निजगढ युथका अभिनास सापकोटालगायतको उपस्थिति रहेको थियो ।

न्यानो कपडा वितरण कार्यक्रमको संचालन लायन्स क्लब निजगढ सिटीका पूर्व प्रेसिडेन्ट मणिश्वर घिमिरेले गरेका थिए ।

 

nijgadh-supermart-adz1200-630