skip this

प्रभु साहको कदम अराजनीतिक भएको शंकर पोखरेलको टिप्पणी

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ। प्रभु साहको कदमलाई अराजनीतिक भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले टिप्पणी गरेका छन् ।एमालेको टिकट छोडेर स्वतन्त्र उम्मेदवारी दिनुमा सत्ता गठबन्धनसँगको साँठगाँठको षडयन्त्र भएको पोखरेलको भनाई छ । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले त्यसलाई अराजनीतिक षडयन्त्रको नमुनाको संज्ञा समेत दिएका छन् ।

प्रभु साह जसपासँगको तालमेलको सहमति सम्बन्धी बैठकमा सहभागी भएको, सहमति पश्चात मधेस प्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा बसेको र निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर गएको पोखरेलले उल्लेख गरेका छन्

उनले समाजिक सञ्जालमा लेखेका छन् , ‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो । उक्त सहमति पश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नुभो । निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर जानु भो ।’

nijgadh-supermart-adz1200-630