skip this farak Kura Pravakar

यौन दुर्व्यवहारको आरोप लागेको वडा अध्यक्ष श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी

1.79K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–यौन दुर्व्यवहारको आरोप लागेका बाराको निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

स्थानीय एक किशोरीले वडा अध्यक्ष श्रेष्ठ विरुद्ध मंगलबार किटानी जाहेरी दर्ता गराएकी थिईन् । त्यसअघि ती किशोरीकी आमाले निवेदन दर्ता गएदेखि वडा अध्यक्ष श्रेष्ठ सम्पर्क विहीन भएका थिए ।

वडा अध्यक्षको घरमा ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख संजिव ओली नेतृत्वको टोली पुगेपनि घरमा नभेटिएपछि फर्किएको थियो ।

जाहेरी परेपछि जिल्ला अदालत बाराबाट बुधबार पक्राउ पुर्जी जारी गरि खोजतलास सुरु गरेको प्रहरीले जनाएको छ ।

निजगढका जनप्रतिनिधिमाथि लाग्यो गम्भिर आरोप, यौन दुर्व्यवहार भयो भन्दै प्रहरी कार्यालय पुगिन् किशोरी

nijgadh-supermart-adz1200-630