skip this farak Kura Pravakar

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउने छन्–बालकृष्ण खाण

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, २९ असोज । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउने गृहमन्त्री बालकृष्ण खाणको भनाई छ । मुलुकका प्रधानमन्त्री, मन्त्री, प्रशाशक, सुरक्षा निकाय जनाताका सेवक भएकाले सदैव जनताको सेवामा लाग्नुपर्ने गृहमन्त्री खाणले बताए। रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य खाणले स्थानीयले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र एयरपोर्ट निर्माण सम्पन्न भएकाले विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले योग्यता अनुसारको रोजगारीमा प्राथमिकता पाउने बताएका छन् ।

गृहमन्त्री खाणले एयरपोर्ट निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको र त्यो परिवारका सदस्यलाई विमानस्थलमा रोजगारीमा योग्यता अनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले यसबारे आफूले गौतमबुद्ध विमानस्थल प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग कुरा गर्ने जानकारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630