skip this

एमाले जितको प्रश्न होइन रेकर्ड ब्रेक गर्न चाहन्छ–विष्णु पौडेल

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। रूपन्देहीमा भौतिकसँगै मानवीय विकासमा आफू केन्द्रित रहेको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।आज बिहान एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को वडा भेलालाई सम्बोधन गर्दै नेता पौडेलले भौतिक विकासमा रूपन्देही धेरै अगाडि पुगिसकेकोले अब आफूहरू मानवीय विकासमा लागेको बताएका हुन ।

रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका प्रभावशाली नेता पौडेलले जिल्लालाई भौतिक र मानवीय दुवै विकासले अग्रणी बनाउने बताए । रूपन्देही–२ मा चुनाव जित्न एमालेलाई कसैसँग प्रतिष्पर्धा नभएको बताउँदै सबैभन्दा धेरै मतान्तरले जित्ने दौडमा एमाले रहेको पौडेलको भनाइ थियो । गएको निर्वाचनमा एमालेका उम्मेदवार सबै दोब्बरजस्तै मतान्तरले जितेको बताउँदै यो पटक त्यस मतान्तरलाई अझै बढाउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए ।उनले ‘एमालेले जितको प्रश्न नभई रेकर्ड ब्रेक गर्न चाहेको बताएका छन् ।

nijgadh-supermart-adz1200-630