शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा राष्ट्रिय झण्डा झुकाउने
भोली सार्वजनिक विदा
वि.सं.२०७९ असोज ३१ सोमवार १७:००
1.85K
shares

काठमाण्डौं–सरकारले भोली मंगलबार राष्ट्रिय झण्डा झुकाउने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोली झण्डा झुकाउने र एक दिन सार्वजनिक विदा दिने भएको छ ।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सूचना प्रकाशित गरेर सरकारले भोली सार्वजनिक विदा दिने र राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको जनाएका छन् ।
शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारको क्रममा आईतबार विहान निधन भएको थियो ।

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोली सार्वजनिक विदा
वि.सं.२०७९ असोज ३१ सोमवार १७:००

















