सिमानामा भारतले ज्यादती गर्दा परराष्ट्र मन्त्रालय किन मौन छ ? –भीम रावल
वि.सं.२०७९ कात्तिक १२ शनिवार १६:१८
1.16K
shares

काठमाडौं । सिमानामा भारतले ज्यादती गर्दा परराष्ट्र मन्त्रालय मौन रहेको भन्दै नेकपा एमालेका नेता भीम रावलले प्रश्न गरेका छन् । आज सामाजिक सन्जालमार्फत आफ्नो धारणा राख्दै नेता रावलले सीमानामा ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन भन्ने प्रश्न गरेका हुन् ।
नेता रावलले भारतले सडक निर्माणका क्रममा विस्फोट गर्दा खसेको ढुंगा लागेर नेपाली भूमीमा १२ वर्षका पवन महराको मृत्युको घटनाबारे यो प्रश्न गरेका हुन् ।उनले भारतले दार्चुलाका जयसिंह धामीलाई तुइन खुस्काएर महाकालीमा बगाएको एक वर्ष नबित्दै महराको निधन भएको र १४ वर्षकी सरिना महरा घाइते भएको प्रसंग उठाएका हुन् ।उनले यो विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक भूमिका खेल्नु पर्ने भन्दै टिप्पणी गरेका छन् ।
वि.सं.२०७९ कात्तिक १२ शनिवार १६:१८

















