skip this farak Kura Pravakar

पूर्व सहयात्री चित्रबहादुर केसी र सूर्यप्रसाद पाठकबीच रोचक प्रतिस्पर्धा

1.72K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ मा २०७४ सालको निर्वाचनका सहयात्री राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका सूर्यप्रसाद पाठक नै मैदानमा उत्रिएका छन् ।८० वर्षीय केसीका मुख्य प्रतिस्पर्धीका रुपमा ४६ वर्षका पाठक छन् । गएको चुनाव जितेका पाठक युवा पुस्तामा प्रिय नेताका रुपमा परिचित छन् ।

बाग्लुङ क्षेत्र नम्बर १ मा चार वटा स्थानीय तहका ३७ वडा छन् । जसमध्ये गएको स्थानीय तहको चुनावमा गठबन्धनले २९ वडा जितेको थियो भने आठ वडामा मात्रै एमालेका उम्मेदवार विजयी भएका थिए ।गठबन्धनले ३१ हजार ६ सय ३७ मत पाएको थियो भने नेकपा एमाले २२ हजार ३७६ मत पाएको थियो । यो मत परिणाम हेर्दा गठबन्धन नौ हजार २ सय ६१ मतले अगाडि देखिन्छ ।

nijgadh-supermart-adz1200-630