आउँदो बर्खासम्म मुगुमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्याउने –कुलमान घिसिङ
वि.सं.२०७९ कात्तिक १६ बुधवार १४:२९
984
shares

काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिमाली जिल्ला मुगुमा आउँदो बर्खासम्म विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्याउने प्रतिवद्धता जनाएका छन् । आज मुगु र हुम्लामा विद्युत् जेनेरेटर अनुगमन तथा निरीक्षण गर्न आएका कार्यकारी निर्देशक घिसिङले यस्तो बाचा गरेका हुन।
उनले कर्णालीको जुम्ला र कालिकोटमा राष्ट्रिय प्रसारण लाइन पुगिसकेको बताउँदै जुम्लादेखि मुगुसम्म पोल गाड्ने काम सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइन विस्तार हुने बताएका छन। एडीबीको सहयोगमा कर्णालीका ५ जिल्लामा दुई–दुई मेगावाटको सोलार विद्युत् उत्पादन गर्ने कार्य भइरहेको छ ।
वि.सं.२०७९ कात्तिक १६ बुधवार १४:२९
















