skip this farak Kura Pravakar

गोरखामा सत्ता गठबन्धनका उम्मेदवारको जित सुनिश्चित छ –नारायणकाजी श्रेष्ठ

792 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज लैनचौरमा भएको कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखामा असाधारण मत संख्याले सत्ता गठबन्धनका उम्मेदवारले चुनाव जित्नुपर्ने बताएका छन्।गोरखाका कांग्रेस र माओवादी प्रतिस्पर्धी शक्ति भए पनि यो चुनावमा एकै गठबन्धनमा रहेकोले सत्ता गठबन्धनका उम्मेदवारले असाधारण मत संख्याले चुनाव जित्नुपर्ने उनले बताए।

नेता श्रेष्ठले गोरखामा सत्ता गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरेका छन् । गोरखा १ मा नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाई र २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार छन्। उनले सत्ता गठबन्धनका उम्मेदवार जितिहाल्छन् भनेर भोट हाल्न नजाने प्रवृत्ति हुन सक्ने भन्दै त्यसतर्फ पनि चिन्ता व्यक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630