skip this farak Kura Pravakar

राष्ट्रपति भण्डारीले संविधानलाई नमान्दा नागरिकता विधेयक पास भएन – शेखर कोइराला

993 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लंघन गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाको भनाई छ । कोइराला मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन । आज निर्वाचन प्रचारप्रसारका क्रममा विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले नागरिकता विधेयक पास नगरिँदा योग्य नागरिक गैरनागरिकका रुपमा रहनु परेको बताएका छन् ।

नेता कोइरालाले राष्ट्रपति भण्डारीले संविधानलाई नमान्दा नागरिकता विधेयक पास हुन नसकेको अरोप समत लगाएका छन् । कोइरालाले सदनबाट दुई पटक पास गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको आरोप लगाएकहा छन् । आगामी मंसिर ४ को निर्वाचनपछि यसै गठबन्धन सरकारले नागरिकता विधेयक पास गर्ने उनको भनाई छ । उनले नागरिकता बनाउन नपाउँदा उमेर पुगेका सर्वसाधारणले राज्यबाट पाउने सेवासुविधाबाट बन्चित हुनुपरिरहेको जिकिर गरेका छन् ।

nijgadh-supermart-adz1200-630