skip this

बारागढीमा खानेपानी मन्त्री चाैधरीकाे घरदैलो

४८ वटा वडा मध्ये १३ वडा घरदैलो बाँकी

2.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-खानेपानी मन्त्री तथा बारा क्षेत्र नं. १ प्रतिनिधि सभाका सत्ता गठबन्धनका साझा उम्मेदवार उमाकान्त चाैधरीले साेमबार बारागढीमा घरदैलो गरेका छन् ।

बारागढी गाउँपालिका वडा नं. १, ४ र ५ मा घरदैलो गरिएको हाे । यहाँ आइतबारदेखि घरदैलो थालेका हुन् ।

यसअघि आदर्श काेतवाल गाउँपालिका, सिम्राैनगढ र निजगढ नगरपालिकामा घरदैलो गरेका थिए । घरदैलोमा प्रदेश खतर्फका उम्मेदवार नागेन्द्रप्रसाद कानु,मधेस प्रदेश समानुपातिक उम्मेदवार चन्द्रशेखर यादब, निवर्तमान सिम्राैनगढका मेयर विजय यादब लगायत सहभागी थिए ।
याे क्षेत्रमा पाँच पालिकाकाे ४८ वटा वडा रहेकाे छ । मन्त्री चाैधरीले निजगढकाे १३ वटा, सिम्राैनगढकाे ११, आदर्श काेतवालकाे ६ वटा, बारागढीकाे ३ वटा वडामा घरदैलो सकेका छन् ।

अब बारागढीकाे ३ वटा र काेल्हवीकाे १० वटा वडा वडामा घरदैलो गर्न बाँकी छ । काेल्हवीकाे ११ वडा मध्ये वडा नं. ८ क्षेत्र नं. २ मा पर्छ ।

२०७४ मा नेपाली कांग्रेसबाट निर्वाचित भएका चाैधरी याे पटक पुरानै प्रतिस्पर्धी एमालेका अच्युत मैनालीसंग नेकपा (माओवादी), लाेसपा, नेकपा (एस) र जनमाेर्चाकाे साथ लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

२०७४ मा माओवादीकाे साथ लिएर प्रतिस्पर्धा गरेका नेता मैनाली याे पटक जसपाकाे साथ लिएर चुनावी मैदानमा छन् ।

स्थानीय तहकाे मतपरिणनाम अनुसार चाैधरी एमाले-जसपा गठबन्धन भन्दा १८ हजार १ सय ९३ मतले अगाडि छन् ।

वडा अध्यक्षले पाएकाे मत

कांग्रेसले ३२ हजार ३ सय ५६, एमालेकाे २५ हजार ८ सय ८, लाेसपाकाे ९ हजार ५ सय ५, माओवादीको ६ हजार ३ सय ४३, जसपाकाे ६ हजार १ सय ४३, राप्रपाकाे १ हजार ९ सय ७३,नेकपा (एस) काे १ हजार ९ सय ४० मत पाएकाे छ ।

nijgadh-supermart-adz1200-630