skip this farak Kura Pravakar

लुम्बिनी प्रदेश सरकारकी पूर्वमन्त्री पाण्डेले त्यागे लाेसपा, समर्थन कस्लाई ?

669 shares
oil-nigam-amlekhgunj-adv.jpeg

भैरहवा। लुम्बिनी प्रदेश सरकारकी पूर्व उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले लाेसपा परित्याग गरि तीनदलिय तालमेललाई समर्थन गर्ने बताएकी छन् ।भैरहवामा पत्रकार सम्मेलन गर्दे पाण्डेले २०७२ सालदेखि आजसम्म सक्रिय रूपमा राजपा, जसपा हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय राजनीतिमा प्रदेश समिति सचिवालय सदस्यको रूपमा काम गरिरहेको र लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्री र उद्योग वन तथा वातावरण मन्त्रीको रुपमा राष्ट्रको सेवा गरेपनि पार्टीमा व्यक्तिवादी हाबी हुदा पार्टी परित्याग गरेकाे बताइन् । 

लोसपा पार्टी परित्याग गरी उनीसहित उनका समर्थकले स्वतन्त्र रुपमा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपक बोहरासहित तीन दलीय तालमेललाई समर्थन गरेका हुन् ।तालमेललाई समर्थन गर्ने निर्णय लिएकी लोकतान्त्रिक समाजवादी पार्टीकी प्रदेश सचिवालय सदस्यसमेत रहेकी पाण्डेलाई सोमबार राप्रपाका वरिष्ठ नेता पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपक बोहरा तथा पूर्व गृहमन्त्री निरन्जन थापाले माला र खादा लगाई स्वागत गरेका थिए ।

पाण्डेले प्रदेश सरकारमा रहेर शिक्षा तथा सामाजिक विकास मन्त्रालयसमेत सम्हालेकी थिइन् । जनता समाजवादी पार्टी (जसपा) महन्त ठाकुर पक्षबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सदस्य बनेकी पाण्डे वैशाख ६ गते पहिलो पटक र वैशाख १९ गते दोस्रो पटक मन्त्रीमा नियुक्त भएकी थिइन् ।पार्टी परित्याग गरेकी पाण्डेले साम्प्रादायिक र व्यक्ती केन्द्रित राजनितीबाट टाढा रहि राष्ट्र र राष्ट्रीयताको पक्षमा सधैँ रहने बताइन् । कुनै क्षेत्र समुदाय र व्यक्ती केन्द्रितबाट मुक्त भई आम नागरिकको हकहितमा लाग्ने उनले बताइन् ।

nijgadh-supermart-adz1200-630