महोत्तरी–१ बाट प्रदेशसभाका स्वतन्त्र उम्मेदवार विष्णु लामाको गाडीबाट डेढ लाख बरामद
वि.सं.२०७९ मंसिर २ शुक्रवार २२:३८
1.1K
shares

महोत्तरी-महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रदेशसभा ‘ख’मा स्वतन्त्र उम्मेदवारी दिएका विष्णु लामाको गाडीबाट प्रहरीले डेढ लाख रुपैयाँ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले खयरमाराबाट गाडी सर्च गर्दा डेढ लाख फेला पारेको महोत्तरीका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।
उनले भने–‘यसबारे मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराउँदै छौं ।’ लामाले माओवादीबाट बिद्रोह गरेर प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । लामालाई पक्राउ नगरिएको प्रहरीले बताएको छ ।
वि.सं.२०७९ मंसिर २ शुक्रवार २२:३८

















