skip this

भोला चौलागाईंका गजल

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

गजल

थोरैमात्र बगैंचा, धेरै त म काँडाघारी देख्छु
केही दानवीर, बाँकी सबैलाई भिखारी देख्छु

इमान भाग्दै छ जीवनरक्षाको अभीष्ट बोक्दै
निरन्तर लखेटिरहेको दुष्ट शिकारी देख्छु

शासक सत्तामा भुलेर नदेख्ने बने पनि त
म बढ्दै गएको गरिबी र बेरोजगारी देख्छु

अब जमाना गयो, रुखको छायामा बसी रम्ने
जताततै सिमेन्टको पिल्लरका छहारी देख्छु

सक्कली चिज पाउन कठिन हुन थालेको छ
त्यसैले म हिजोआज नक्कली ब्रह्मचारी देख्छु ।

भोला चौलागाईं
निजगढ – ५ (बारा)

nijgadh-supermart-adz1200-630