skip this

बारा १ (क) प्रदेश सभामा पुनः एमाले निर्वाचित, घेराबन्दी तोडेर त्रिलोकीको विजय यात्रा

1.86K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा क्षेत्र नं. १ (क) प्रदेश सभामा नेकपा (एमाले) पुनः विजयी भएको छ । २०७४ को नतिजालाई निरन्तरता दिदै एमालेका उम्मेदवार त्रिलोकीप्रसाद चौधरी विजयी भएका छन् ।

उनी २ हजार ५ सय २८ मतान्तरसहित विजयी भएका हुन् । उनले १६ हजार ७ सय ९८ मत प्राप्त गरेका छन् । कांग्रेसका रमेश दंगालले १४ हजार २ सय ७० मत प्राप्त गरे ।

आफ्नै घेरबन्दी तोडे

उम्मेदवारको सन्तुलन मिलाउन नसक्दा एमालेका प्रभावशालीको नेताले पार्टी छाडेर उनी विरुद्ध चुनावी मैदानमा खडा थिए । एमालेका प्रभावशाली नेता एवं निजगढ गाविसका पूर्व अध्यक्ष एकबहादुर श्रेष्ठ र एमालेका जिल्ला सदस्य देवराज घिमिरे ‘रमण’ र शिव नारायण चौधरी थारु स्वतन्त्र उम्मेदवार बनेका थिए । अर्कोतर्फ अघिल्लो निर्वाचनको सहयात्री दल नेकपा (माओवादी केन्द्र) सत्ता गठबन्धनमा र एमाले विभाजन भई नेकपा (एकिकृत समाजवादी) बनेको छ ।

पार्टीभित्र र विपक्षी गठबन्धनको घेराबन्दी तोड्न त्रिलोकी चौधरी सफल भएका छन् । यो क्षेत्रबाट सत्ता गठबन्धनले कांग्रेसका युवा नेता रमेश दंगाल चुनावी मैदानमा थिए । उनी पहिलो पटक चुनावी मैदानमा उत्रिएका थिए ।

एमाले बागीकाे मत

शिवनारायण चाैधरी (ट्रफि)-२३३१
एकबहादुर श्रेष्ठ (जेब्रा)-१७९३
भेष बहादुर ढकाल (लाैराे)-१०७६
देवराज घिमिरे (चापाकल)-६५

मतान्तर बढाए

चाैधरीले मतान्तर बढाएर निर्वाचन जितेका छन् । उनकाे मतान्तर २ हजार ५ सय २८ अघिल्लो निर्वाचनमा कांग्रेसका पेमाशिद्वि लामालाई १८ सय मतान्तरले पछि पार्दै निर्वाचित भएका थिए ।

nijgadh-supermart-adz1200-630