skip this

बारा–३ मैजारो : एमालेको ‘क्लिन स्वीप’, संघमा साह, प्रदेशमा श्रेष्ठ र समिर

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–बारा क्षेत्र नम्बर ३ मा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फका दुवै सिट जितेर एमलेले क्लिन स्वीप गरेको हो । यो क्षेत्रमा एमाले–जनता समाजवादी पार्टी (जसपा) ले ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने निर्णय गरेको थियो ।

एमालेको गढको रुपमा परिचित यो क्षेत्रमा सत्ता गठबन्धनबीच देखिएको मतभेदको फाइदा एमालेले उठाएको हो । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेकी ज्वालाकुमारी साह निर्वाचित भएकी छन् । उनले जसपाका रामबाबुकुमार यादवलाई पराजित गरेकी हुन् । साहले २० हजार २५१ मत ल्याउँदा यादवले १७ हजार २७९ मत पाए । यादव जसपा मधेस प्रदेश समितिका अध्यक्ष पनि हुन् ।

बारा ३ : एमालेकी ज्वाला साह विजयी, एक्लो महिला सांसदको आफ्नै ‘रेकर्ड ब्रेक’ !

०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट साह बारा क्षेत्र नम्बर ३ प्रदेशसभा (१) बाट निर्वाचित भएकी थिइन् । ०७४ मा उनलाई बाम गठबन्धनले सघाएको थियो ।

मधेशवादी दल एक भएर चुनाव लड्दा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट रामबाबु बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनले एमालेका अदयानन्द पाण्डेयलाई पराजित गरेका थिए ।

प्रदेशमा रवीन्द्र र समिर विजयी

प्रदेशसभा तर्फ दुवै क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभामा एमालेका रवीन्द्रदास श्रेष्ठ निर्वाचित भए भने (२) मा एमालेकै महम्मद समिर विजयी भए ।

श्रेष्ठले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका मुकेश साहलाई ८ सय ८६ मतान्तरले पराजित गरे । रवीन्द्रले ८ हजार १९५ मत पाउँदा मुकेशले ७ हजार ३०९ मत पाए ।

त्यस्तै बारा क्षेत्र नम्बर ३ (२) मा एमालेका समिरले जनता समाजवादी पार्टी (जसपा) का पारसप्रसाद साहलाई पराजित गरेका हुन् । समिरसँग पराजित पारस ०७४ मा तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए

समिरले ८ हजार ३ सय २३ मत पाउँदा साहले ८ हजार हजार २ सय ५५ मत पाए ।

समिर एमालेका केन्द्रीय सदस्य हुन् । २०७४ मा मधेस प्रदेश सभामा माओवादीको समानुपातिकतर्फ सांसद भएका थिए । नेकपा विभाजनपछि एमाले रोजेका समिरलाई माओवादीले कारबाही गरेको थियो ।

nijgadh-supermart-adz1200-630