skip this farak Kura Pravakar

बारा ३ : एमालेकी ज्वाला साह विजयी, एक्लो महिला सांसदको आफ्नै ‘रेकर्ड ब्रेक’ !

2.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा निर्वाचन क्षेत्र नं ३ मा एमाले उम्मेदवार ज्वालाकुमारी साह निर्वाचित भएकी छिन् ।

साहले २० हजार २५१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबु कुमार यादवले १७ हजार २६९ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार साहले यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गरेकी हुन् । यहाँ जसपा र एमालेबीच मित्रवत प्रतिस्पर्धा भएको थियो ।

आफ्नै ‘रेकर्ड ब्रेक’

बाराको ४ वटा प्रतिनिधि र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा साह निर्वाचित हुने पहिलो महिला हुन् । उनी यअघि २०७४ को निर्वाचनमा पनि प्रत्यक्षतर्फ निर्वाचित भएकी थिईन् ।

तत्कालीन माओवादी केन्द्रबाट बारा ३ (क) प्रदेशसभा सदस्यमा निर्वाचित भएकी साहले नेकपा विभाजन हुदाँ नेकपा (एमाले) रोजेकी थिईन् । पार्टी छाडेपछि माओवादीको कारबार्हीमा परेकी साहलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारमा मन्त्री नियुक्त गरिएको थियो ।

साह माओवादीबाट २०६४ मा समानुपातिकतर्फ संविधानसभा सदस्य भएकी थिईन् । उनी राज्यमन्त्री समेत भएकी थिईन् ।

nijgadh-supermart-adz1200-630