संसद अघिवेशन अन्त्य गर्ने सरकारको तयारी
वि.सं.२०७८ कात्तिक ११ बिहीवार १५:१०
1.32K
shares

काठमाडौं : सरकारले संसद अधिवेशन अन्त्यको तयारी गरेको छ । आज बोलाइएको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार ३ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकका एजेण्डामा अधिवेशन अन्त्यको विषय समावेश नगरिएपनि तत्कालै उक्त प्रस्ताव आउनसक्ने छ ।
अधिवेशन अन्त्य शीर्ष तहमै सहमति बनिसकेकाले सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गर्ने उनको भनाइ छ । यसअघि सरकारका तर्फबाट कानूनमन्त्रीसहितका मन्त्रीहरुले यसबारेमा सभामुख अग्नि सापकोटासँग छलफल गरिसकेको बताइएको छ । अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ ।
वि.सं.२०७८ कात्तिक ११ बिहीवार १५:१०
















