skip this

नयाँ सरकार गठनका दाबी पेस गर्न राष्ट्रपतिले दिएको समय सकियो, नयाँ गठबन्धनको सरकार बन्दै

900 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझ पाँच बजेसम्मको समय सीमा सकिएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ पाँच बजेसम्मको समय सीमा सकिएको हो।

निर्धारित समय सकिनु केही अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय ‘शीतल निवास’ पुगेका छन् । नयाँ सरकारका लागि कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नाटकीय रुपमा प्रचण्डको नेतृत्वमा एमालेसहितको सरकार बन्ने निश्चित भएको हो ।

nijgadh-supermart-adz1200-630