ज्वाला साह मधेसबाट मन्त्री बन्दै
वि.सं.२०७९ पुस ११ सोमवार १५:२४
3.66K
shares

काठमाण्डौं–बारा क्षेत्र नं. ३ बाट निर्वाचित नेकपा (एमाले) की पोलिटव्यूरो सदस्य ज्वाला कुमारी साह प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने भएकी छिन् ।
एमाललेको नेतृत्व गर्दै विष्णु पौडेल सरकारमा सहभागि हुदैँछन् । पार्टीले पहिलो चरणमा मधेसबाट ज्वाला साह, प्रदेश १ बाट राजेन्द्र राई, सुदूरपश्चिमबाट दामोदर भण्डारी मन्त्री बन्दैछन् ।

राईले ७४ र यो चुनावमा धनकुटामा क्लीनस्वीप गराएका छन् । साह बारा ३ मा गठबन्धनसँग एक्लै लडेर चुनाव जितेकी हुन् । त्यस्तै सुदूरपश्चिममा दुई सीट जितेको एमालेले बैतडीबाट निर्वाचित भण्डारीलाई पनि सरकारमा पठाउने भएको हो ।
बारा ३ : एमालेकी ज्वाला साह विजयी, एक्लो महिला सांसदको आफ्नै ‘रेकर्ड ब्रेक’ !
वि.सं.२०७९ पुस ११ सोमवार १५:२४
















