skip this farak Kura Pravakar

तमु ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु –पृथ्वीमान गुरुङ

711 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । तमु समुदायको ल्होसार पर्वले मुलुकमा सामाजिक न्यायसहितको समृद्धिका लागि प्रेरणा प्रदान गर्ने गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विश्वास व्यक्त गरेका छन् ।

तमु (गुरुङ) समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा आज शुुभकामना सन्देश व्यक्त गर्दै उनले “तमु जातिको नयाँ वर्षका रूपमा मनाइने यस पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको बताएका छन् ।

गुरुङ समुदायले पुरानो बाघ वर्गलाई बिदाइ गरी आफ्नो पारम्परिक नयाँ बिरालो वर्गलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै छन् भन्दै उहाँले यस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्ने उल्लेख गरेका छन् ।

nijgadh-supermart-adz1200-630