skip this

जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने – गृहमन्त्री लामिछाने

879 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् । उनका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको छ र छिट्टै सार्वजनिक हुन्छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जस्तो जनमत आएको छ, त्यस्तो सरकार बनेको बताए । उनले भने, ‘न नयाँ दल हामीले एक्लै सरकार चलाउन सक्यौं, न सम्मानीय प्रधानमन्त्रीको दलले एक्लै सरकार चलाउन सक्यो, न एमालेको बहुमत आयो ।’न्यूनतम साझा कार्यक्रममा के का लागि सरकारमा जोडिएका छौं भनेर जवाफ आउने उनले बताए ।

nijgadh-supermart-adz1200-630