skip this farak Kura Pravakar

नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न कमल थापाको माग

879 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न माग गरेका छन् । ३०१औँ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आज राप्रपा नेपालले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो माग गरेका हुन् ।

पृथ्वीनारायण शाह कुनै राजनीतिकवाद र विचारभन्दा माथि रहेकोले नेपाल एकीकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभई नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको भन्दै उनले सम्मान दिन राज्यले कन्जुस्याइँ गर्न नहुने बताए ।

उनले ७४ सालमा आफू सरकारमा रहँदा राज्यले नै ३०१औपचारिक रूपमा पृथ्वीजयन्ती मनाएको स्मरण गर्दै यसपटक पृथ्वीजयन्ती एवं एकता दिवसमा राज्यको उपस्थिति नभएकोप्रति रोष प्रकट गरे ।

‘राज्यले यसपटक बिदा दिए पनि त्यो बिदा राजनीतिक स्वार्थ परिपूर्ति गर्ने माध्यमका लागि मात्रै भएको छ, अघिल्ला वर्षजस्तै सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत सरकारले मनाउने पृथ्वीजयन्ती यसपटक रोकिएको छ,’ उनले भने ।

७४ सालदेखि निरन्तर राष्ट्र निर्माताप्रति श्रद्धा अर्पण गर्ने गरेकोले राष्ट्रपतिप्रति भने उनले धन्यवाद अर्पण गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक इतिहासविद् डा. रमेश ढुंगेल र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको योगदान र व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।

nijgadh-supermart-adz1200-630