skip this farak Kura Pravakar

गृह मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने रवि लामिछानेको चेतावनी

783 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं  । गृह मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका हुन्।

नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुनस्ः नागरिकता लिएका छन्। नागरिकता लिएलगत्तै पुनस् पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय मागेका थिए।

nijgadh-supermart-adz1200-630