skip this farak Kura Pravakar

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

732 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज दिउँसो ३ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सम्भावित सम्भावित तीन कार्यसूची छन् ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारु आयोगको चौथो वाषिर्क प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै अर्थमन्त्री विष्णु पौडेलले आ.व.२०७९–८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिने र सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।घलेको उपचारको क्रममा यही माघ २४ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

nijgadh-supermart-adz1200-630