skip this farak Kura Pravakar

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु, यि बिषयमा हुँदै छ छलफल

537 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । राजनीतिक विषय, राष्ट्रपति तथा उपराष्ट्रपतिको आगामी निर्वाचन र सरकारलाई पूर्णता दिने विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन् ।

यसअघि शुक्रबार बसेको बैठकमा पनि जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता अनुपस्थित रहेका थिए । आजको बैठकमा पनि अहिलेसम्म चार दल मात्र सहभागी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जनाएका छन् ।

nijgadh-supermart-adz1200-630