skip this farak Kura Pravakar

लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सके प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनेछ –राष्ट्रपति भण्डारी

879 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।

आज राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने उल्लेख गरेकी छन् ।

‘हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ’, राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

nijgadh-supermart-adz1200-630