गठबन्धन र पार्टीमा छलफल गरेर अघि बढ्छौँ –रामसहायपसाद यादव
वि.सं.२०७९ फागुन २८ आइतवार १३:०६
942
shares

काठमाडौं । अन्तिम उम्मेदवारबारे पार्टीमा बैठक बसेर निर्णय हुने जनता समाजवादी पार्टी नेपालको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायपसाद यादवले बताएका छन्। पार्टीको तर्फबाट २ वटा उम्मेदवारी परेकाले यो विषयमा पार्टीमा छलफल गरेर अघि बढ्ने उनको भनाई छ ।
आज संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन अधिकृतको कार्यालयले दाबीविरुद्ध उम्मेदवारी कायमै रहने निर्णय गरेसँगै उम्मेदवार यादवले पार्टीले २ जनाको उम्मेदवारी दिएको अन्तिम टुंगो पार्टी र गठबन्धनको बैठकबाट नै टुंगो लाग्ने बताएका हुन । जसपाबाट प्रमिला कुमारी र यादवको उपराष्ट्रपति पदका लागि उम्मेदवारी परेको थियो ।
वि.सं.२०७९ फागुन २८ आइतवार १३:०६
















