skip this farak Kura Pravakar

राजनीतिले लय समातेकाले सरकारको ध्यान समद्धितर्फ रहेको छ –प्रधानमन्त्री प्रचण्ड

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। राजनीतिले लय समातेकाले सरकारको ध्यान समद्धितर्फ रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। आज प्रधानमन्त्री प्रचण्डले नेपाल निर्माण व्यवसायीहरूको साधारणसभालाई सम्बोधन गर्दै अस्थिर राजनीतिले लय समातेकाले आफूहरूको ध्यान सामाजिक न्याय सुशासनको समृद्धिको लक्ष्य हासिल गर्ने कुरामा युद्धस्तरमा काम गर्ने तर्फ जाने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई चालु अवस्थामा ल्याउन सरकारको ध्यान रहेको बताएका छन्। कोरोना महामारी, रुस युक्रेन युद्ध र आपूर्तिको व्यवस्थामा परेको चापका कारण निर्माण सामग्रीको मूल्य बढेको छ। यी विषयमा सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

nijgadh-supermart-adz1200-630