skip this

तपाईलाई के कारण पर्‍यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुभयो ? –विष्णुप्रसाद पौडेल

657 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले नेतृत्वको सहयात्रा छोड्नुपर्ने कारण के हो भनेर नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रश्न गरेका छन् । उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत नदिने र संसदका कसैले पनि दिन नहुने बताएका छन् ।सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सोधे, ‘तपाईलाई के कारण पर्‍यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुभयो ?’

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै नेता पौडेलले ‘यदि तपाईँलाई यही सहयात्रामा जानु थियो भने पुस १० गते तपाई त्यस प्रकारको सहमतिमा किन पुग्नुभयो ?’, पौडेलले प्रश्न गर्दै भने, ‘आज तपाईँले जवाफ दिनुस् नदिनुस्, आज तपाई जवाफ नदिन सक्नुहुन्छ । तर तपाईँलाई निरन्तर प्रश्न सोधिरहनेछ ।’ उनले एउटा विन्दुमा गएर प्रचण्डले यसको जवाफ दिनै पर्ने बताए ।

nijgadh-supermart-adz1200-630