राजनीतिक स्थिरता र समृद्धिको पक्षमा सधै उभिरहने छौं –सभापति देउवा
वि.सं.२०७९ चैत ६ सोमवार १४:२१
1.23K
shares

काठमाडौं । राजनीतिक स्थिरता र समृद्धिको पक्षमा हमेसा उभिरहने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाचा गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले भने, ‘राजनीतिक स्थिरिता र देशको समृद्धिको पक्षमा हमेसा उभिने बाचा गरेका हुन ।
त्यसैले प्रधानमन्त्रीले पहिलो पकट विश्वासको मत लिँदा संसदमा प्रतिपक्षमा रहेर पनि विश्वासको मत दिएको उनको भनाइ छ । ‘त्यो मतदान राजनीति स्थिरताका लागि थियो । मैले त्यही बेला भनेको थिएँ – संसदको अधिवेशनको प्रारम्भमा नै अस्थिरताका आवाज उठ्न थालेका छन् । मुलुक अस्थिरता र अन्योलतामा जाने अवस्था बनेको छ ।’
वि.सं.२०७९ चैत ६ सोमवार १४:२१















