skip this farak Kura Pravakar

आज प्रधानमन्त्री दाहाल सत्ता गठबन्धनका संसदीय दलका प्रमुख सचेतकसँग छलफल गर्दै

984 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सत्तारुढ गठबन्धनका संसदीय दलका प्रमुख सचेतकहरु सँग दाहाल प्रचण्डले छलफल गर्न लागेका छन् । प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनका प्रमुख सचेतक र अन्य साना दलका सांसदहरु सँग अहिले १२ बजे बालुवाटारमा छलफलका लागि बोलाएका हुन् ।सरकारलाई विश्वासको मत दिएका सबै दलको सहभागीतामा सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी रहेको छ ।

आज हुने छलफलमा सरकारमा सहभागीता र साझा कार्यक्रमका बारेमा छलफल गर्न सत्ता गठबन्धनका सांसदसँग छलफल थालेको बताइएको छ ।सरकारलाई पूर्णता दिने तयारीका लागि छलफलमा बोलाएको बालुवाटार स्रोतले जनाएको छ । सरकारले सोमबार विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रंचण्डले सरकारमा सहभागीताका लागि गठबन्धनमा गृहकार्य थालेका छन् ।

nijgadh-supermart-adz1200-630