नागरिकता र पासपोर्टको मुद्दा उचालेर विवादमा पार्न कोशिश गरिदैछ – रवि लामिछाने
वि.सं.२०७९ चैत २२ बुधवार १४:००
891
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ३० वर्ष सत्तामा बसेकाहरूलाई जनताले प्रश्न सोध्नुपर्ने बताएका छन् ।सभापति लामिछाने उपनिर्वाचनका लागि चितवन २ का उम्मेदवार हुन ।
बुधवार चितवनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै सभापति लामिछाने नागरिकता र पासपोर्टको मुद्दा उचालेर आफूलाई विवादमा पार्न कोशिश गरिरहेको आरोप लगाएका छन् । उनले नागरिकता र पासपोर्टको मुद्दा लड्नु परे पनि जनजीवीकाको मुद्दा उठाउन नछाड्ने बताएका छन् ।
‘अहिले पनि हामीलाई शंका उपशंका गरिरहेका छन्, प्रश्न ३० वर्ष सत्तामा बस्नेलाई प्रश्न गर्ने कि ३० दिन सत्तामा बस्नेलाई ?’ लामिछानेले भने, ‘पासपोर्टको मुद्दा आफ्नो ठाउँमा छ, लड्दै गरौंला । अरू मुद्दा चल्दै गर्छन् ।’
वि.सं.२०७९ चैत २२ बुधवार १४:००

















